Latest Post

स्याउँस्याउँ किरा भेटिए राजधानीका वधशालामा



२४ असार, काठमाडौं । स्याउँस्याउँ किरा । सहनै नसकिने दुर्गन्ध । फोहोरको डंगुर । जताततै झिँगा भन्किरहेका । देख्दै वाक्क लाग्ने यो ठाउँ कुनै युद्धभूमि होइन । यो दृश्य हो काठमाडौं उपत्यकामा रहेका वधशाला अर्थात् राँगा-भैंसी काट्ने ठाउँ । जहाँ काटेको मासु हामीले खाँदै आएका छौं ।

काठमाडौंमा सञ्चालित बधशालाहरुको अनुगमन गर्न गएको आपूर्ति मन्त्री गणेशमान पुनको टोली शुक्रबार बिहान सतुंगलस्थित ‘मोज मिट सेन्टर’ को बधशाला पुग्दा देखिएको दृश्य हो यो ।

मन्त्रीको टोली अनुगमनका लागि पहिले मोज मिट सेन्टरको बिक्री स्थलमा गयो । त्यहाँ सामान्य अवलोकन गरेपछि अनुगमन टोलीले आफूहरुले बधशाला हेर्ने बतायो । मिट सेन्टरका सञ्चालकले अनुगमन टोलीलाई बधशालासम्म जाने घुमाउरो बाटो देखाए ।

बिक्री केन्द्रदेखि बधशाला ६/७ मिनेटको दूरीमा रहेछ । अनुगमन टोली बधशालासम्म पुग्दा मिट सेन्टरका कर्मचारीहरुले हतार हतार मोटरसाइकलमा गएर बधशालामा पानी हाल्दै सफा गरिसकेको प्रष्टै देखिन्थ्यो ।

जब मन्त्रीको टोली बधशालाभित्र प्रवेश गर्‍यो, तब त्यहाँको दुर्गन्धले सबैको सातो लियो ।

बधशालाको दुर्गन्ध सहन नसकेर अनुगमन टोलीमा गएका एक प्रहरीले तत्कालै वान्ता गरिहाले । अनुगमन टोलीमा गएका धेरै सदस्यहरु भित्र बस्नै नसकेर बाहिर निस्किए । मन्त्रीसहितको सानो टोलीले एकछिन भित्र बसेर अवलोकन गर्‍यो ।

अवलोकनपछि मन्त्री पुनले हदैसम्मको लापरबाही भएको बताए । उनले तत्कालै वधशाला शील गरेर कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए ।

वधशाला ऐन २०५५ र खाद्य सुरक्षा नियमावली ०५७ अनुसार सो सो वधशाला सञ्चालन नभएको अनुगमन टोलीले बताएको छ । ‘यो वधशालाले सरसफाइमा शतप्रतिशत हेलचेक्र्याइँ गरेको पाइयो,’ भेटेरिनरी जाँच जनस्वास्थ्य कार्यालय, त्रिपुरेश्वरका पशुचिकित्सक डा. नारायण घिमिरेले भने ।

अनुगमन टोलीले वधशाला सञ्चालकलाई वधशालाभित्र थुपारिएको राँगाँभैसीको छालाको डंगुर खाडल खनेर गाड्न र पूर्णरुपमा सरसफाइ गर्न निर्देशन दिएको छ ।

नजिकैको प्रहरी चौकीमा लगेर वधशाला सञ्चालक शेख मोहम्मदलाई सो कार्य पूरा गर्ने लिखित कबुलियतनामा गराइएको छ । वधशाला सफा भइसकेपछि शील गर्ने अनुगमन टोलीका अधिकारीहरुले बताएका छन् ।

मानव वस्तीकै बीचमा रहेको वधशालाबाट बाहिरसम्मै दुर्गन्ध फैलिरहेको थियो । वधशाला नजिकै चिया पसल सञ्चालन गर्दै आएका एक स्थानीयले अनलाइनखबरसँग भने- ‘पानी परेका बेला त खपिनसक्नु गरी गन्हाउँछ नि हजुर, कसले हटाउने र यो वधशालालाई ? उसँग पर्याप्त पैसा छ ।’

‘ह्युमन’ वधशालाको यस्तो हालत


सतुंगलबाट अनुगमन टोली सीधै टेकुस्थित विष्णुमती किनारमा रहेको ‘हृयुमन सामुदायिक पशु वधशाला’ पनि अनुगमन गर्‍यो । सो वधशालामा बाहिरै देखिएको फोहोरले अनुगमन टोलीका सदस्यहरु भित्र प्रवेश गर्न आनाकानी गरे ।

त्यो वधशालामा पनि सतुंगलकै जस्तो दृश्य देखियो । त्यहाँ पनि अनुगमन टोलीले सरसफाइ गर्न निर्देशन दियो ।

त्यसपछि मन्त्रीको टोली कालीमाटीमा रहेको माछाको स्टोरेज हेर्न गयो । भैँसी र राँखा काट्ने बधशालाको तुलनामा त्यहाँ केही सफा देखिन्थ्यो । तर, कालीमाटीका व्यवसायीले सञ्चालन गरेको माछा स्टोरले पनि सरकारी मापदण्ड भने पूरा गरेको देखिएन । ग्राहकले मागेपछि मात्रै चिसोमा राखिएको माछा निकाल्नुपर्नेमा त्यहाँका व्यवसायीहरुले खुद्रा बिक्रेताले जस्तै गरी माछा स्टोर गरेको पाइयो । अनुगमन टोलीले माछा व्यवसायी संघका प्रतिनिधिलाई बोलाएर तत्कालै सरसफाइमा ध्यान दिन निर्देशन दिए ।

त्यहाँका केही माछा पसलमा भएका ढक तराजु नापतौल विभागमा दर्ता पनि भएका रहेनछन् ।

‘अर्को पटक अनुगमनमा आउँदा यस्तै दृश्य देखियो भने माछा नै जफत गरेर लान्छौं र कानून अनुसार जेल सजायँ पनि गर्छौ,’ अनुगमन टोलीका सदस्यले व्यवसायीलाई भने ।

अनुगमन टोलीको भागमा झिँगा

अनुगमन सकेर टोलीले बबरमहलस्थित एक थकाली भान्सा घरमा आएर खाना खायो । खाना खाने क्रममा टोलीका एक सदस्य अर्जुन पोखरेलको थालमा बधशालाको झैं किरा भेटियो ।

किरा भेटिएपछि टोलीका केही सदस्यहरु खाँदै गरेको खाना छोडेर उठे । यसले, राजधानीका नाम चलेका रेस्टुरेन्टहरु सरसफाइ र जनस्वास्थ्यमा कति संवेदनशील छन् भन्ने भनेर प्रष्ट्याउँथ्यो । साथै यो किराले छेउमै रहेको काठमाडौं जिल्ला प्रशासन र वाणिज्य विभागलाई गिज्याइरहेको थियो ।

मम खाने कि नखाने ?

काठमाडौं उपत्यकामा सबैभन्दा बढी बिक्री हुने खाजा हो- मम । मममा पनि सबैभन्दा बढी बिक्री हुन्छ, बफ मम । ममप्रति ग्राहकको अत्यधिक आकर्षण भएकाले नै हो- मम नपाउने होटल तथा रेस्टुराँहरु कमै होलान् राजधानीमा ।

यतिधेरै पसल हुँदा पनि कतिपय मम पसलमा ग्राहकले मम खानका लागि आधाघन्टा भन्दा बढी लाइन बस्नुपर्छ ।

शुक्रबार अनुगमन टोलीले बधशाला अनुगमन गरेका दृश्य हेरेपछि अब मम खाने कि नखाने ? भन्ने प्रश्न जोकोहीको मनमा सहजै उठ्न सक्छ । स्याउ स्याउ किरा परेको भिडियो हेर्न तल फोटोमा क्लिक गर्नुहोस

काठमाडौँ, ९ असार । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिनुभयो ।

उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ । घाइते राईलाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।



प्रहरीसँगको झडपमा उनका अन्य चार-पाँच जना सहयोगी मोटरसाइकल चढी भाग्न सफल भएको खनालले जानकारी दिनुभयो ।

राईमाथि ज्यान मार्ने उद्योगलगायत चार-पाँच वटा सार्वजनिक अपराधको मुद्दा रहेको प्रहरीले जनाएको छ ।

उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए ।

एसएसपी खनालले जसवन्तका सहायक गुण्डालाई आजै साँझसम्म पक्राउ गरी हिरासतमा लिइने ठोकुवा गर्नुभयो । रासस



काठमाडौं, ९ असार । सरकारले थप दुई भारतीयको नेपाली नागरिकता खारेज गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा विहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भारतीय नागरिक आशिष चटर्जीले बाँके र मोहन पाण्डेले पर्सा जिल्ला प्रशासन कार्यालयबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएकामा ती नागरिकता ऐन बमोजिम रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

उनका अनुसार सो नागरिकता प्रदान गर्ने अधिकारीलाई छानबिन गरी तत्काल कारबाही गर्ने निर्णय पनि भएको छ ।

यसअघि पनि वर्तमान सरकारले पाँच भारतीयको नेपाली नागरिकता खारेज गरेको थियो ।

Aashish has been declared as murderer of Manisha Gharti Magar


Since a month, investigation of Manisha Gharti Magar's case was on going process. Even after Polygraph test done with Aashish was not able to reveal the real truth. But as far as every people knew it as a case of m*rder, Nepal Police went on deep investigation.
According to post mortem report,case had been declared as s*icide but one evidence which made Aashish guilty was torn clothes of Manisha. If she hanged herself to death,how her inner clothes get torn? This was the main questio

भिडियो  लुकाएर राखिएको छ यहाँ  क्लिक गरि हेर्नुहोला 


n arised and case went on making decision with guilt of Aashish Chaudhary.


भिडियो हेर्न यहा क्लिक गर्नुहोस

नागरिक दैनिक को साप्ताहिक युटुब शो नागरिक शो मा सद्भावना पार्टीका  अधक्ष्य राजेन्द्र महतो संग टेक नारायण भट्टराई ले लिएको अन्तरबार्ता


Most Norwegian organizations have different respective concurrences with outside foundations of advanced education. These understandings are typically intended for the shared trade of understudies, specialists and educators. On the other hand, there are national projects that offer grants and different sorts of subsidizing for worldwide understudies wishing to think about in Norway. Certain limitations and requirements apply for every one of these projects. What's more, there are different stipends accessible offered by private and non-benefit associations. Norway is turning into a famous study destination among worldwide understudies. An expanding number of Norwegian colleges and college schools are putting forth Bachelor's and Mastersprograms in English. It is one of only a handful few remaining nations on the planet where educational cost expense is free for everybody including universal understudies. The Norwegian Government likewise offers grant projects to take care of living expenses in Norway. Educational cost Free Universities in Norway » Studyinnorway.no says: Norwegian state colleges and state college schools when in doubt don't charge educational cost expenses for universal understudies. On the other hand, understudies should pay a semester charge of NOK 300-600 ($50-100) every semester. This is material for all levels, including undergrad studies, Masters projects and Ph.D. programs. Note that some state colleges and college schools may have educational cost charges for a couple particular projects. Regularly these projects are at the Masters level.


युवा सभासद एवं व्यवस्थापिका संसदको विकास समिति सदस्य रबिन्द्र अधिकारीले धुर्मुस सुन्तलीलाई एक महिनाको पारीश्रमीक सहयोग गर्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । भूकम्प पिडित जनताको मुहारमा खुशि ल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाई छ । राम्रो कामको कदर स्वरुप आफुले पाउने एक महिनाको पारीश्रमीक (करीब ५० हजार रुपैँया) छिट्टै नै धुर्मुस सुन्तलीलाई प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनीएको प्रतिनिधि भएको नाताले चुप लागेर बस्न मन सकिएन र यो घोषणा गरेको उनले स्पष्ट गरेका छन् । सभासद् अधिकारीले कुरा भन्दा काम गरेर देखाउन कटिबद्ध हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममा लागेको भन्दै उनीहरुको प्रशंसा समेत गरेका छन् । धुर्मुस सुन्तलीले गरीरहेको कामले पुनर्निर्माणको कामलाई पनि गति लिन बाध्य गराउने उनको भनाई छ ।


Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Powered by themekiller.com